![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ११ गते, मंगलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ ।
![](https://1.bp.blogspot.com/-hcrDEbT2NpM/YKybtpQdQPI/AAAAAAAANz0/TqAeBTsrpiIiOaKpOAP3eVw6Y7Oc6IU4QCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-25%2Bat%2B12.24.21.png)
अघिल्लो कारोबारी दिन अर्थात सोमबार जेठ १० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्यमा गिरावट आएपनि चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।