![thumbnail](https://1.bp.blogspot.com/-TywxXy9fIRY/YFhn9Za6ZMI/AAAAAAAAMo8/_MoMD8g8hRki6KxeoiHe1KIO6ms48gT3wCNcBGAsYHQ/w640-h396/Nepse%2BGoes%2BDown.png)
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६८ अंकले घटेर २७७१ दशमलव १५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ६९ अंकले घटेर ४९६ दशमलव ८६ को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-FRUBFqXV1MA/YLYJMcbabMI/AAAAAAAAN4M/BGuLjwW4V3U2q7qjpXi_gl-AdcfDMJIIACNcBGAsYHQ/s16000/Screenshot_2021-06-01%2BNepal%2BStock%2BExchange%2BLtd%2B%25281%2529.png)
आज कूल २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये विकास बैंक २१.४१ अङ्कले बढ्दा वित्त १.८८ अङ्कले र अन्य उपसमूह १४.७१ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ११ दशमलव ७६ अङ्कले, ट्रेडिङ उपसमूह ९३ दशमलव ५९ अङ्कले, होटल तथा पर्यटन ९१.१६ अङ्कले, जलविद्युत् उपसमूह २८.३८ अङ्कले, निर्जीवन बीमा १२३.९९ अङ्कले, उत्पादन ३९.०१ अङ्कले, लघुवित्त १७.६८ अङ्कले, जीवन बीमा १७६.६७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६७ अङ्कले घटेका छन्।
![](https://1.bp.blogspot.com/-abw8kSnP9l4/YLYJMnwivuI/AAAAAAAAN4Q/eLz5EDsCiwsd0IYYBtlCOm-FYDhcCnJhgCNcBGAsYHQ/s16000/Screenshot_2021-06-01%2BNepal%2BStock%2BExchange%2BLtd%2B.png)