ज्ञानमाण्डू।धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन् ।
नगरपालिकाले आफूहरूलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधी खुसी भएको फरक क्षमता भएका व्यक्तिहरूले बताएका छन् । कार्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।
उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।
सहरी स्वास्थ्य केन्द्र उद्घाटन:
सङ्खुवासभाको चैनपुर नगरपालिका–४ को प्याङ्कोटमा सहरी स्वास्थ्य केन्द्रको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले शुभारम्भ गरेका छन् । सोही नगरपालिकाको वडा नं ११ को सालडाँडा, वडा नं १ को गुफापोखरी, वडा नं ३ को रातमाट र ८ को बानेश्वरमा समेत सहरी स्वास्थ्य केन्द्रको सञ्चालनमा आइसकेको छ।रासस