
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ०१ अंकले बढेर २८७२ दशमलव ०५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव १४ अंकले घटेर ५३९ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

आज कूल २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर रु ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह ७ दशमलव ७९ अङ्कले बढ्दा जलविद्युत ७४ दशमलव ९२ अङ्कले, वित्त उपसमूह ३५.८९ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ७५ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ६ दशमलव २२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ११ दशमलव ७ अङ्कले, विकास बैंक उपसमूह ११.०८ अङ्कले, निर्जीवन बीमा ८२.०५ अङ्कले, उत्पादन उपसमूह १५.१८ अङ्कले, अन्य उपसमूह १०.२१ अङ्कले, लघुवित्त उपसमूह १९.६७ अङ्कले र जीवन बीमा ३२.६२ अङ्कले घटेको छ।
