![](https://1.bp.blogspot.com/-mNrDEimylxM/YP_1-6Bk9oI/AAAAAAAAOnM/ZcPxHQIlNM0EAm1ypVYu6w8NsYeqexmpwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-07-27%2Bat%2B17.47.27.png)
ज्ञानमाण्डू। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा थप एक कार्यकालका लागि नारायण बाबु लोहनीलाई नियुक्ति गर्ने निर्णय गरेकोमा बीमा समितिले कार्यकाल दोहोर्याउन स्वीकृति दिएको छ ।
वित्तीय क्षेत्रमा २० वर्षको अनुभव बटुलेका लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ । हाल सो संस्थाका करिब १६ हजार जना अभितर्काहरू बजारमा फैलिएका छन् भने कम्पनीले देशभर ८२ वटा शाखा सञ्जाल मार्फत १२ वटा जीवन बिमा योजना बिक्री गर्दै बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।