![](https://1.bp.blogspot.com/-TywxXy9fIRY/YFhn9Za6ZMI/AAAAAAAAMo8/_MoMD8g8hRki6KxeoiHe1KIO6ms48gT3wCNcBGAsYHQ/s16000/Nepse%2BGoes%2BDown.png)
यस दिन नेप्से खुलेको २ घण्टा नबित्दै ५ प्रतिशत घटे पश्चात बजारमा सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको बजार केही सुधार हुँदै ३.७० प्रतिशत घटेर बन्द भएको हो।
![](https://1.bp.blogspot.com/-pc8rqAjrhfQ/YTSVJ7rH9II/AAAAAAAADGY/CsCW_RblVa4L-E3D7Cckc_wpyMoyLuaKwCLcBGAsYHQ/s16000/Screenshot_25.png)
![](https://1.bp.blogspot.com/-V8S0Y5Kb0NA/YTSVJMdK-4I/AAAAAAAADGU/I7nuXre4lyIOgl7E9yEOxfE7PT7zMBSHACLcBGAsYHQ/s16000/Screenshot_24.png)
कारोबार भएका कूल १३ उपसमूहको शेयर मध्ये अधिकांश उपसूचकहरु ऒरालो लागेका छन् । बैंकिङ उपसमूह ४४ दशमलव ५१ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २१६ दशमलव ६४ अङ्कले, होटल तथा पर्यटन उपसमूह १६१.२ अङ्कले, विकास बैंक उपसमूह ३९४.८ अङ्कले, जलविद्युत २१६ .९५ अङ्कले, वित्त उपसमूह २३९.०८ अङ्कले, निर्जीवन बीमा ५१९.४६ अङ्कले, उत्पादन उपसमूह १७५.३२ अङ्कले, अन्य उपसमूह ८३.१५ अङ्कले, लघुवित्त उपसमूह १६२.९५ अङ्कले, जीवन बीमा ५११.७८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ३१ अङ्कले र लगानी उपसमूह ४ दशमलव ८५ अङ्कले घटेको छ।
![](https://1.bp.blogspot.com/-XB361fJ6unA/YTSVJPjhhfI/AAAAAAAADGQ/wzJCqmG59H8F91ota43FsNyTu2SDOxhZQCLcBGAsYHQ/s16000/Screenshot%2B2021-09-05%2Bat%2B15-42-23%2BNepal%2BStock%2BExchange%2BLtd%2B.png)
![](https://lh3.googleusercontent.com/-zn4u72F-Ldw/YTSjgulu0AI/AAAAAAAAPIE/PeA64TFcvF0EU7OphJUSCk4dK0I0f1uUACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-05%2Bat%2B16.46.13.png)
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ३३ लाख ३० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। उक्त कम्पनीको मूल्य आज ७.५६ पतिशतले घटेको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। उक्त कम्पनीको मूल्य आज १.४५ पतिशतले घटेको छ।
![](https://lh3.googleusercontent.com/-5MXDWhy0PLE/YTSjpH7CCBI/AAAAAAAAPII/CQk_1TFThesXIrp4SQZxnB3WxyIAmpabwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-05%2Bat%2B16.46.50.png)
नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घट्दा १४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ।
आइतबार कारोबारमा भएका २२३ कम्पनीमध्ये एक दर्जन कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने २० कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन रिलायन्स फाइनान्स, जानकी फाइनान्स, नारायणी विकास बैंक, नेपाल फाइनान्स, अरुण काबेली, सीईडिबी हाइड्रो, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, हिमालयन उर्जा, आइसीएफसी फाइनान्स, यूनिभर्सल पावर कम्पनी र रु रु जलविद्युतको शेयरमूल्य १० प्रतिशत घटेको हो।
![](https://lh3.googleusercontent.com/-tTSS1ldAyxc/YTSj0Ztt9yI/AAAAAAAAPIQ/DRWUobC4djo4HQWJBV5_Eq6ZDFt-OnHHQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-09-05%2Bat%2B16.47.34.png)