ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २८४३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८४ अंकले बढेर ५३१ दशमलव ४२ को विन्दुमा पुगेको छ ।
आज कूल २३० कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु ६ अर्ब ०७ करोड ३७ लाख १६ हजार ८८८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह ४१ दशमलव ७३ अङ्कले बढ्दा विकास बैंक उपसमूह १९१ दशमलव ३३ अङ्कले, जलविद्युत उपसमूह ४८.१५ अङ्कले, वित्त उपसमूह ४८.१२ अङ्कले, निर्जीवन बीमा १६४.९९ अङ्कले, उत्पादन उपसमूह २९.१७ अङ्कले, अन्य उपसमूह ७२.०५ अङ्कले, लघुवित्त उपसमूह ०.७९ अङ्कले, जीवन बीमा १६०.८१ अङ्कले र सामूहिक लगनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह शुन्य दशमलव २३ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १५ अङ्कले घटेको छ।