ज्ञानमाण्डू।लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक २५ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको २४९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ११.५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ३.५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ समेत ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने लक्ष्मी बैंक लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको बराबर रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मी बैंक लिमिटेडले ९ प्रतिशतले हुन आउने रकम बोनस शेयर र २.५ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरी जामा ११.५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।