ज्ञानमाण्डू। आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आईरहेको नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत 'Nabil Premium Remittance Saving Account' संचालनमा ल्याएको छ ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ बैंकले जनाएकाे छ । बैंकका अनुसार ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस् Nabil Premium Remittance Saving Account मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने जनाएकाे छ ।