नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैटौँ संस्करणमा “खल्ती”ले टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङ्गशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरू यस प्रतियोगितामा सहभागी हुँदै छ, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ ।
यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु . ५०० सम्म छ । दर्शकहरूले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् । राष्ट्रिय स्तर मै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरूबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले खुसी व्यक्त गर्दै भन्नुभयो, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।"
‘टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्टनरमा ‘खल्ती’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
