नबिल बैङ्क लिमिटेडले २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरेको छ । बैङ्किङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरेको नबिल बैङ्कले जनाएको छ ।
नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रूपमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको उपस्थितिमा शाखा उद्घाटन गर्नेभएको थियो । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैङ्कको रहेको बताउनुभयो । ‘नबिल बैङ्कले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उहाँले भन्नुभयो ।
प्रमुख अतिथि शेर्पाले सो क्षेत्रमा नबिल बैङ्कको उपस्थितिले खुसी तुल्याएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैङ्कको उपस्थिति अर्थपूर्ण रहने बताउनुभयो ।
नबिल बैङ्कका सिईओ ढुङ्गानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताउनुभयो । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुङ्गानाले भन्नुभयो ।
उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सीमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैङ्कका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सोलुखुम्बु जिल्लाको नाम्चेमा नबिल बैङ्कको शाखा उद्घाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
