
नेपालको स्वास्थ्य र औषधि उद्योगमा विश्वासिलो छवि बनाइसकेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भरतपुर–२९, जुगेडीस्थित आफ्नै उद्योग परिसरमा ३५०.३५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ। ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने नाराका साथ अगाडि बढिरहेको कम्पनीले वातावरणमैत्री र दिगो उत्पादन प्रणालीतर्फ महत्त्वपूर्ण पाइला चालेको हो।
नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (IPO) को अनुमति पाइसकेको कम्पनीले नवीकरणीय ऊर्जाको प्रयोगमार्फत उत्पादन खर्च घटाउने र लगानीकर्तालाई प्रत्यक्ष लाभ दिने रणनीति लिएको जनाएको छ। ६३७ वटा सौर्य प्यानल जडान गरिएको उक्त प्रणालीले उद्योगको पिक समयमा विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सौर्य प्रणालीबाट उत्पादन हुने अतिरिक्त बिजुली बिक्री गरी आम्दानीको थप स्रोत विकास गर्ने तयारी समेत गरेको छ। यस पहलले हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने र कम्पनीलाई वातावरणमैत्री उद्योगको रूपमा स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ओम मेगाश्रीले उद्योग क्षेत्रमा हरित प्रविधिको प्रवर्द्धन, सामाजिक उत्तरदायित्व तथा लगानी सुरक्षामा सन्तुलन कायम गर्दै सरकारको ऊर्जा नीतिको पालना गरिरहेको स्पष्ट देखिन्छ। 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने सोचलाई व्यवहारमा उतार्दै कम्पनीले वातावरणीय सचेतनासहित दिगो औद्योगिक विकासको मार्ग रोजेको छ।
 
ओम मेगाश्रीले आफ्नै उद्योग परिसरमा सौर्य ऊर्जा प्रयोग सुरु गर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    