आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इनोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ ।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी प्रालि, भोजमाण्डु फुड प्रलि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजी प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।
यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लक चेन नेटवर्क फर ई-गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रीह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।
त्यसै गरी उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डिजिबज, ईमेडिवेयर, फास्ट बैङ्किङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी-वान रहेका छन् ।
उत्कृष्ट १२ ले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन् र स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरूबाट उत्कृष्ट ५ को छनौट भएर पब्लिक भोटिङ सञ्चालन हुनेछ । सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत हुनेछ ।
यसै गरी ब्यप्तिगत अवार्ड विधाहरू९बि०मा योनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । विधा सी अन्तर्गत डिजिटल एजुकेसन आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, डिजिटल एजुकेसन आइसिटी अवार्ड ९प्राइभेट सेक्टर०, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि सञ्चालनमा रहेको छ । यी सबै विधाहरूमा छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समित गठन भएको छ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ । आइसिटी अवार्डको प्रि(इभेन्टको रूपमा काठमाडौँको बानेश्वर बैंक्वयटमा असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदै छ ।
यसै गरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङसहित छनौट प्रक्रियालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिसोड प्रसारण गरिने आयोजकले जनाएको छ ।
आइसिटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरूमध्ये सबैभन्दा वृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरू सञ्चालन हुनेछन् । विस्तृत जानकारीको लागि www.ictaward.org वेबसाइटाबाट हेर्न सकिनेछ ।
 
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इनोभेसन र १४ प्रडक्ट सार्वजनिक
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    