एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ, जसले वातावरणमैत्री यातायाततर्फ स्कुलको महत्त्वपूर्ण कदमलाई दर्साउँछ। यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाडौँमा आयोजना गरिएको थियो, जसमा एमएडब्लु वृद्धि र जेभियर स्कुलका प्रतिनिधिहरूको उपस्थिति थियो।
फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको छ — विशेष गरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त। यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएम सम्मको टर्क दिन्छ र चुनौतीपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ। यसले उकालो चढ्नका लागि २५% ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ। यो भ्यानको चौडा भित्री भाग, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुलजस्ता विद्यालयका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको छ।
यी भ्यानहरू एमएडब्लु वृद्धिका सिइओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो। यो कदमले विद्यालयको दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गर्दछ। फोटोन माउन्टेन इभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको छ। यस्ता इभी भ्यानले विद्यार्थीहरूलाई सुरक्षित र आरामदायी रूपमा ओसारपसार गर्नुका साथै विद्यालयको कार्बन उत्सर्जन घटाउन सघाउँछन्। इलेक्ट्रिक मोबिलिटीलाई आत्मसात् गरेर, जेभियरले आफ्नो लजिस्टिक्स पूर्वाधारमा सुधार गर्दै छ र अन्य साझेदारहरूको लागि पनि एक उत्कृष्ट मोडेल स्थापित गर्दै छ।
हस्तान्तरण कार्यक्रममा तुषार गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिँदै भन्नुभयो, “हामी जेभियर इन्टरनेशनल स्कुलसँगको यस सहकार्यमा गर्व गर्छौँ। यी इभी स्कुल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन्।”
त्यसै गरी, नवीन आचार्यले भन्नुभयो, “फोटोन माउन्टेन इभीले सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन गरेको छ। हामी आशावादी छौँ कि यो सहकार्यले विद्यार्थी, अभिभावक र सम्पूर्ण समुदायलाई नै फाइदा पुर्याउनेछ।”
जेभियर इन्टरनेशनल स्कुलका प्रतिनिधिहरूले पनि यो नयाँ चरणप्रति उत्साह व्यक्त गरे। उनीहरूले वातावरणमैत्री रहँदै उत्कृष्ट शिक्षा दिने आफ्नो चाहना रहेको बताए। त्यसका लागि नै इभीमा लगानी गर्ने महत्त्वपूर्ण निर्णय गरिएको बताए।
यो कदमसँगै जेभियर इन्टरनेशनल स्कुल नेपालमै ठुलो सङ्ख्यामा इभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ। यो कार्यक्रमले गाडी हस्तान्तरण मात्र नभई सफा र स्मार्ट भविष्यतर्फको साझा दृष्टिकोणलाई पनि उजागर गरेको छ।
 
जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    