भैरहवाका विनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैँ तिहार विशेष अफर “राइड द ब्लु विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ। यो ड्र २ असोज,  २०८२ मा काठमाडौँको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लु फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गर्नुभएको थियो।

रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यावसायिक मोटरसाइकल रेसर हुनुहुन्छ, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुनुहुन्छ। उहाँ नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुनुहुन्छ ।

यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका विनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुसी दिँदै आएको छ। त्यस अनुरूप यो पनि अर्को एउटा महत्त्वपूर्ण क्षण हो।

लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिइओ दीपक कुमार अग्रवालले भन्नुभयोे, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु। यामाहाले सधैँ थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लु विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौँ। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ।”

“यामाहा राइड द ब्लु विद रोडिज” अभियानमा निम्न अफरहरू रहेका छन्:

-    बाइक खरिदअघि नै अधिकतम रु. १ लाखसम्मको नगद उपहार

-    बाइक खरिदपछि अधिकतम रु. १० लाखसम्मको नगद उपहार

-    हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक

-    फ्री हेलमेट, ४ वटा नि:शुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५% छुट

-    स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ०% ब्याजसहित ईएमआई सुविधा

यामाहा यस “यामाहा राइड द ब्लु विद रोडिज” अभियानमार्फत सबै जनालाई पर्वको खुसीसँगै यामाहाको रोमाञ्चको थ्रिल, स्टाइलको बोल्डनेस र यामाहालाई पुस्तौँदेखिको विश्वासिलो नाम बनाउन सफल यसको उत्कृष्ट पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गर्दछ।एम.ए.डब्लू. राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल सधैँ नवीनता, पर्फर्मेन्स र भरोसामा अग्रणी रहँदै आएको छ। यसले जापानी प्रविधि, उत्कृष्ट स्टाइल र उत्साहको संयोजन मार्फत नेपाली राइडरहरूलाई विश्व स्तरीय दुई पाङ्ग्रे सवारी उपलब्ध गराउँदै आएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x