मर्मत कार्यका लागि लुम्बिनी केबलकार सेवा दुई दिनका लागि बन्द हुने

लुम्बिनी केबलकारले चैत २७ र २८ गते (April 9 & 10, 2025) नियमित मर्मत सम्भार कार्यको लागि केबलकार सेवा बन्द रहने जानकारी गराएको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै केबलकार सेवाको गुणस्तर कायम राख्न मर्मत कार्य सञ्चालन गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मर्मतपश्चात् चैत २९ गतेदेखि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ। यस अवधिमा सेवाबाट पर्न सक्ने असुविधाप्रति कम्पनीले ग्राहक समक्ष क्षमा याचना समेत गरेको छ।

अधिक जानकारीका लागि लुम्बिनी केबलकार कार्यालय, बुटवल-३, गोलपार्कमा सम्पर्क गर्न वा ०७१-५९७००४, ९७६६८१०८०० नम्बरमा फोन गर्न सकिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x