महाशिवरात्रि विशेष कार्यक्रम आयोजक समितिको आयोजनामा बन्दीपुरमा महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रमको सहजीकरण भने बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकारले गर्दै छ। फागुन १४ गते, बुधवार बन्दीपुर केबलकारको लोअर स्टेसनमा हुने यस कार्यक्रम बिहान ९ बजेबाट राति ९ बजे सम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
कार्यक्रममा सन्ध्या शिव आरती, शिवजीको विराट रूपको दर्शन, महाशिवरात्रि धुनी तथा शिव सङ्कीर्तनको विशेष आयोजन गरिनेछ। साथै, उपस्थित भक्तजनहरूका लागि जल तथा प्रसाद ग्रहणको व्यवस्था समेत मिलाइएको छ। यस पवित्र अवसरलाई भव्य बनाउन विभिन्न तयारी गरिरहेको हुँदा धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई यस अवसरमा उपस्थित भई पुण्य कमाउन 'महाशिवरात्रि विशेष कार्यक्रम आयोजक समितिले आग्रह गरेको छ।
बन्दीपुरहिलमा महाशिवरात्रि विशेष पूजा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en