नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले  आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ  "उडान मेला" नामक योजना  सार्वजनिक गरेको  छ। माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा रु. ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजनामा  नियमित ग्राहकहरूले "SAVE100" प्रोमो कोड राखेर रु. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले "FIRSTFLY" प्रोमो कोड राखेर रु. ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन्। हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा "Have Promocode?" सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर  क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
"आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, "उडान मेला" ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ", आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताउनुभयो ।
 
आइएमई पेमा उडान मेला- आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    