टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो। कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो। यस रमाइलो साँझमा क्रियटरहरूले #Tihar2024 र #TiharAayo ह्यासट्यागहरू सँगै तिहार मनाएका थिए।
टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लागि आकर्षक गतिविधिहरू प्रदान गरेको थियो। अतिथि क्रियटरहरूले परम्परागत रीतिथिति र चाडपर्वका पहिरनहरू पहिरिएर तिहारसँग सम्बन्धित रमाइला कन्टेन्टहरू पनि प्रदर्शन गरेका थिए। उत्सव मनाउने क्रममा दियो बाल्ने, परम्परागत देउसी भैलो नृत्यहरू प्रस्तुत गर्ने, वातावरणमैत्री रङ्ग र फूलहरूको संयोजन गरी रंगोली डिजाइन गर्ने, स्ट्यान्ड-अप कमेडीको मजा लिने र पोटरीमा भाग लिने जस्ता रमाइला गतिविधिहरू समावेश थिए। एउटा नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप प्रामाणिकता थपेको थियो।
टिकटक आफ्ना प्रयोगकर्ताहरू बिच समुदाय र अपनत्वको भावना सिर्जना गर्ने लक्ष्य राख्छ। तिहार अभियानले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई विभिन्न संस्कृति र परम्पराहरूसँग जोड्न र सँगै उत्सव मनाउने प्लेटफर्म प्रदान गर्छ। यस कार्यक्रमको आयोजना गरेर टिकटकले खोज, सिर्जनात्मकता र अपनत्वको भावनालाई प्रेरित गर्ने अग्रणी ग्लोबल प्लेटफर्मको रूपमा आफ्नो स्थानलाई बलियो बनाउने लक्ष्य राखेको छ।
तिहार पर्व अँध्यारो माथि उज्यालो र नकारात्मकता माथि सकारात्मकताको विजयको प्रतीकका रूपमा विश्वभर मनाउने गरिन्छ। यो संसारभरका लागि आनन्द, समृद्धि र एकताको समय हो। नेपालमा भने तिहारले परिवार, प्रकृति, जनावर, आफू र समाजसँगको सुमधुर सहअस्तित्वको महत्त्वलाई जनाउँछ। मानिसहरूमा यस पर्वको आगमनले राम्रो भाग्य पनि ल्याउँछ भन्ने विश्वास रहिआएको छ। तिहारले अग्रज र परिवारको सम्मान सहित आफूलाई पनि सम्मान गर्ने अवसर प्रदान गर्छ। तिहारको समयमा घर, मन्दिर र कार्यालय सफा गरी दियो, मैनबत्ती र सयपत्री फूलले झिलिमिली बनाउने गरिन्छ। तिहारमा दाजुभाइ र दिदीबहिनी बिचको विशेष सम्बन्धलाई पनि मनाउने गरिन्छ। यस अवधिमा कहिल्यै नओइलिने र सुकेर नजाने विश्वास गरिने मखमली फूलको माला प्रयोग गरिन्छ जसले दाजुभाइ र दिदीबहिनी बिचको बलियो र चिरस्थायी सम्बन्धको प्रतीकको रूपमा विशेष महत्त्व राख्छ।
टिकटक एक विश्वव्यापी प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका भिडियोहरू सिर्जना गर्न र साझेदारी गर्न अनुमति दिन्छ। यसको मिशन भनेको आनन्दलाई सबैका लागि पहुँचयोग्य बनाउनु हो। टिकटकले प्रयोगकर्ताहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न, नयाँ चासोहरू पत्ता लगाउन र विश्वभरका मानिसहरूसँग जोडिन सक्षम बनाउँछ।
 
टिकटकले मनायो उज्यालोको पर्व तिहार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    