साताको पहिलाे कारोबार दिन नेप्से परिसूचक ५६ दशमलव ०९ अङ्कले बढेर २६५३ दशमलव ५८ को विन्दुमा कायम भएको छ ।
न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.७६ प्रतिशत, इष्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.६८ प्रतिशत, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीहरुले ९.२७ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीहरुले ८.१४ प्रतिशतका दरले कमाएका छन् ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा कुमारी सबल योजना ९.४३ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड-३० ६.७० प्रतिशत, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ५.४९ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
