नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलवार देखी बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासङ्घका सदस्यहरूको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।
यस प्रणालीमा महासङ्घका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासङ्घमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आबद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहनेछ ।
यसै गरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । नलेज प्ल्याटफर्मका रूपमा महासङ्घले गरेका अध्ययन र अन्य तथ्याङ्क र प्रकाशन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।
सो प्रणालीको उद्घाटन गर्नु हुँदै महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासङ्घको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताउनुभयो ।
सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासङ्घका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन टेक्नोलोजी प्रालिले तयार पारेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बिजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en