
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत २५ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात विहीबार चैत २४ गतेका दिन, छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।