बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।
आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गर्नु भयो । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्नुभयो ।
विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधवार बसेको बैठकमा उक्त निर्णय गरिएको थियो । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।
बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसङ्घले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसङ्घको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम पालैपालो गर्ने सहमति भएको छ । सो बैठकमा अध्यक्ष ढकाल सहित महासङ्घका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
विम्सटेक चेम्बर गठन हुँदै, महासङ्घ संस्थापक सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
