धितोपत्र बजारमा १४५.०५ अङ्कको गिरावट, नेप्से २६५१.३२ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १४५.०५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५ दशमलव ०५ अङ्कले घटेर २६५१ दशमलव ३२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले घटेर ४६४ दशमलव ५६ को विन्दुमा पुगेको छ ।

आज कूल ३२२ कम्पनीहरूका ५ कराेड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर रु. २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह ९२ दशमलव ३६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २९३ दशमलव ६९ अङ्कले, वित्त उपसमूह २८१ दशमलव ८० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६२४.८७ अङ्कले, जलविद्युत उपसमूह १६२.१५ अङ्कले, लगानी उपसमूह उपसमूह ७.२५ अङ्कले, जीवन बिमा उपसमूह ८७०.१४ अङ्कले, उत्पादन उपसमूह ३६९.२३ अङ्कले, लघुवित्त उपसमूह २०५.१७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३४ अङ्कले, निर्जीवन बिमा ६८६.८१ अङ्कले, अन्य उपसमूह २८.९८ अङ्कले र ट्रेडिङ उपसमूह २२६.४४ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x