नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा शुक्रवार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोच सँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गर्नुभयो।
भेटमा ढकालले नेपाल र स्पेनबिचको व्यापारको तथ्याङ्कलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्यामबरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गर्नुभयो । उहाँले दुई चेम्बर बिच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताउनुभयो ।
ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत देखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सरकारले आठ वटा लगानी ऐन परिमार्जन गरेको उहाँले बताउनुभयो । यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको हो, उहाँले भन्नुभयो ।
ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताउनुभयो । उहाँले भारत र चीनबिचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठुला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गर्नुभयो। हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौँ, उहाँले भन्नुभयो ।
भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताउनुभयो ।
यसैबिच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्यामबर बिच राम्रो सहकार्य हुन सक्ने बताउनुभयो। उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताउनुभयो ।
नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्: ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
