प्रभु बैङ्क लिमिटेड र हरफे इन्टरनेशनल नेपाल बिच मिति २०७९ श्रावण ५ गते भएको सम्झौता अनुरूप युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को सहकार्यमा प्रभु बैङ्कले किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।
नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हरफे इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैङ्क लिमिटेडका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रूपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीहरूलाई प्रभु बैङ्कको बट्टार शाखा कार्यालयबाट रु ४० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरेको सो कम्पनीले बताएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैङ्कले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गर्नुभएको छ ।
उक्त सम्झौता अनुरूप हरफे इन्टरनेशनल नेपालका तर्फबाट प्रवर्धित सहकारीहरूले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरी कर्जा लिन योग्य उद्यमीहरूलाई बैङ्कमा सिफारिस गर्ने सो कम्पनीले बताएको छ । त्यसैसरि स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवाहरू प्रदान गर्न सहयोग तथा सहजीकरण गर्ने सो कम्पनीले बताएको छ ।
हरफे ले ४४ जिल्लाका करिब ४००,००० पिछडिएका गरिब परिवारहरूलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको सोही कम्पनीले जानकारी दिएको छ । सो संस्थाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरू मार्फत वित्तीय पहुँच पुर्याउन सहजीकरण गर्दै आएको सो कम्पनीले जानकारी दिएको छ ।
समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरू ७१ एक्सटेन्सन काउन्टर तथा ३१० ATM सहित फराकिलो पहुँच रहेको प्रभु बैङ्कले उक्त सम्झौता अनुरूप करिब १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।
कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
