क्व्होलासोथर गाउँपालिका–३ स्थित घले गाउँका घर बास (होमस्टे) यति बेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् ।
समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घले गाउँ पर्यटकले भरिएको ग्रामीण घले गाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “ विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँ वर्ष मनाउन आउने पर्यटक यति बेला बढेका छन् । अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् । तीन सय जनाको क्षमता रहेको घले गाउँ घर बास सबै पर्यटकले भरिएर अन्य घर र होटेलमा सारिएको उहाँले बताउनुभयो ।
घर बास सञ्चालक हेमकुमारी गुरुङकाका अनुसार अहिले घलेगाउँका घर बास सञ्चालकलाई भ्याई नभ्याई छ । उहाँले पर्यटक आउने अहिलेको याममा प्रतिघर बासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिनुभयो ।
विसं २०५७ देखि सञ्चालनमा भएको घर बास यहाँ बढेर अहिले ४२ घर बास पुगेको छ । पर्यटकको सत्कार सँगसँगै घर बासमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घले गाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।
घले गाउँबाट आठ हजार एक सय ६३ मिटरको मनासलु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो)लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घर बास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसी बोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।
आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङ्सेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्पालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरी गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घले गाउँवासीको परम्परा नै हो । घले गाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ ।
 
घले गाउँका घर बास पर्यटकले खचाखच
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    