![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ३० गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglwTeIXAkxW5uLPIdepeeyL07QUnZpwN_NxxgzMgmYUc41jfQUKtonYJ2CKjulEZGnRvl5b7qeUhea-ldoF4Fgb3v4rmjgBQhpSglB_o770nJ9KpWpB25MpSfm30xglVM_lelTFoCog1WRCy-y80dEBe2zfyg_WToX5L3vrvqAM5n75QR95xYWpuMZKQ/s16000/Screenshot_8.png)
अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार चैत २९ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।