सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१ /८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ ।
त्यसै गरी काठमाडौँको मूल पानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई समेत तीव्रता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ ।
त्यस्तै चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउनुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना रहेको छ । आगामी आर्थिक वर्षमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने तथा नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गरिने सरकारको प्रतिबद्धता छ ।
सरकारको नीति तथा कार्यक्रममा प्रतिभावना खेलाडीको खोजी गर्न राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिने विद्यालय स्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने तथा बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्ने, जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
नीति तथा कार्यक्रम : खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    