बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।
आज वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50.00%

0.00%

0.00%

0.00%

50.00%

0.00%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en