हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिवार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । एक दिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा एक सय ८१ महिला र एक सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शङ्कर साह रोनिहारले जानकारी दिनुभयो । यस्तै ७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठ नागरिक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताउनुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।
शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथ रोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ । अम्लपित्त (ग्यास्ट्रिक), पेटको समस्या, अनिद्रा, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचापलगायत बिरामीको उपचार गरिनुका साथै औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकलाई शक्तिवद्र्धक, स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले राससलाई बताउनुभयो ।
यसैबिच, हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ नं वडासम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले राससलाई बताउनुभयो ।
यस्तै वडा नं २ का १४, वडा ३ का १०, ४ का एक, ५ का आठ, ६ का ७, वडा ७ मा आठ र वडा नं ८ का ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले जानकारी दिनुभयो । वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । प्रतिव्यक्ति रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष भण्डारी बताउनुहुन्छ । आगामी आवबाट दीर्घ रोगी बिरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उहाँले जानकारी दिनुभयो ।
हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en