पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।
हालसम्म पैँतालिस हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बीमामा आबद्ध छन् ।” विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उहाँको भनाइ छ ।
स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रूपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उहाँको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठ रोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अति गरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ ।
अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभाबी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले विसं २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en