आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको थियो । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।
सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरू तोक्नुभएको छ । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरूले आ-आफ्ना दलका वक्ता सदस्यहरूको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद् सचिवालयमा टिपाउन बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते ११ बजे बस्नेछ ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
