गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । उहाँसँगै आउनुभएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाउनुभयो । “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझैँ महसुस भयो,” उहाँले भन्नुभयो “अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनुपर्ने ठाउँ रहेछ ।” फुतफुते झरनाको वेसन आवाजमा रमाउँदा जलको मोतीमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताउनुभयो ।
उहाँहरूका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । कडा चट्टानलाई बिचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पूर्व मुख्य सचिव सुवेदीले बताउनुभयो । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,” उहाँले भन्नुभयो “झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ ।” अग्लो पहाडबाट सेतो रङ्गमा खस्ने झरनाको फेदीमा बनेको निलो रङ्गको सफा तलाउ मनमोहक छ ।
करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वन जङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका–६ घारका राजाराम बरुवालले सुनाउनुभयो । निलगिरी र अन्नपूर्ण हिमालबाट आउने मिस्त्री खोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् ।  अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ ।
प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भीम शेरपुञ्जाले बताउनुभयो । नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन । पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०/३० आन्तरिक पर्यटक आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।
फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,” उहाँले भन्नुभयो “फुतफुतेसहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर क्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन सुरु भएको छ ।”
 
फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    