कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द्र बिन्दु भएर मिति २०८० कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैङ्कको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नेपाल बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ ।
नेपाल बैङ्क लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रु.५० लाखको चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गर्नुभएको छ । नेपाल बैङ्क लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले बैङ्क परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा बैङ्कको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैङ्कले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैङ्कको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शमशेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैङ्कका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैङ्कको रु.५० लाख आर्थिक सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
