नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल कार्तिक २० गते, साेमवार बसेको सञ्चालक समितिको १३४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफा समेतबाट चुक्ता पुँजीको ४.२१०५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने रकम रु. ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
निफ्राको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
