नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०/०६/१७ को निर्णय (मा. मन्त्री स्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।
उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०८० असोज १७ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभएको थियो भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।
पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याल नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en