नमस्ते पे वालेटमा नबिल बैङ्क मार्फत ब्यालेन्स लोड गर्दा Smart Watch र EarPods जित्ने मौका!

नमस्ते पे ले नबिल बैङ्क मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा Smart Watch र Earpods जित्ने नयाँ अफर सुरु गरेको छ। यो अफर ७ भदौ २०८१ देखि २१ भदौ २०८१ सम्म मान्य हुनेछ।

प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैङ्क को मोबाइल बैंकिड एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन्। साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले SmartWatch र दुई भाग्यशाली प्रयोगकर्ताहरूले Earpods जित्न सक्नेछन्।

सो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैङ्कको मोबाइल बैंकिड एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैङ्क ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैङ्क र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ। जस अनुरूप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x