हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ ।
साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोसी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँको अनुसार आज काठमाडौँमा अपराह्न साँझतिर क्षणिक वर्षाको सम्भावना रहेको छ । आज दिउँसो काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले काठमाडौँको वायुको तापक्रम २४ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् झाले बताउनुभयो । आज काठमाडौँमा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बिचमा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसै गरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
आजको मौसम : वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en