यहाँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटेल तथा पर्यटन व्यवसायी सङ्घ ‘सडक खाना महोत्सव’मा जुटेका छन् ।
आगामी फागुनको पहिलो सातादेखि मुख्य सडकका पेटीमा खाना महोत्सव आयोजना गर्न लागेएको सङ्घले जनाएको हो । फागुन ५, ६ र ७ गते बर्दिबासमा आयोजना हुने महोत्सवमा मधेसका विशिष्ट परिकारले पाहुनाको स्वागत गरिने सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम र बिपी राजमार्ग (बर्दिबास–सिन्धुली–बनेपा राजमार्ग) को सङ्गम स्थलमा महोत्सव हुनेछ ।
सामान्यतया सडक यात्रीका लागि खानपिनको गन्तव्य रहँदै आएको बर्दिबासमा आयोजना हुने सडक खाना महोत्सवमा मधेसका विशिष्ट परिकारको व्यवस्था गरिने सङ्घले जनाएको छ ।
“महोत्सवभरि सडक पेटीमै व्यवस्थितरुपले विभिन्न परिकार पस्कन्छौँ । सँगसँगै जोडिएर रहने ५० खानाका स्टलमा पाहुनाले घुमी घुमी परिकारबारे जानकारी लिन र स्वाद बुझ्न सक्नुहुनेछ”, सङ्घका महासचिव नारायण घिमिरेले भन्नुभयो, “महोत्सव स्वास्थ्यकर खानाका परिकारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो ।” उहाँका अनुसार खानाका परिकार, स्वा, गुण र फाइदाबारे जानकारी गराइने छ ।
घिमिरेले भन्नुभयो, “महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनु हुनेछ ।” उहाँका अनुसार महोत्सवमा सहभागी पाहुनाले २० देखि ४० प्रतिशतसम्म छुटमा पाउनेछन् भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुनेछन् ।
जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा स्वास्थ्यकर, स्वच्छ र स्वादिष्ट खाना एकै ठाउँमा छानी छानी पाहुनाले रमाउँदै खान पाउने तयारी गरिएको सङ्घले जनाएको छ । यो कार्यक्रमको उद्देश्य स्थानीय परिकारको प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु रहेको महासचिव घिमिरेले जानकारी दिनुभयो ।
दिनअघिदेखि बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटेल तथा पर्यटन व्यवसायी सङ्घ र बर्दिबास नगर पत्रकार सञ्जालले पर्यटन प्रवर्द्धनका लागि गन्तव्य पहिल्याउने पदयात्रा सञ्चालन गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले थालेको पदयात्रा अभियानमा क्रमशः सामाजिक सङ्घसंस्था जोडिँदै जानुले यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धनको वातावरण बन्दै गएको पदयात्राका सहभागीले बताएका छन् ।
महोत्सवमा बर्दिबास नगर कार्यपालिकाको सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब रु १५ लाखको लागतमा आयोजना गर्न लागिएको महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । सङ्घले तीन दिन बर्दिबासमा बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल गरेको छ ।
पर्यटन प्रवर्द्धनका लागि ‘सडक खाना महोत्सव’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en