प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजर खेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजर खेती गर्नुभएको हो ।
विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आउनुभएका कृषक अधिकारीले तत्कालीन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो । त्यसपछि क्रमिकरुपमा अरू साथीहरू पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ ।” उहाँको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । उहाँका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रूपमा गाजर खेती पनि एक हो ।
गाजर, मुला, चुकन्दर सलादका रूपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो पूर्ण सलादको रूपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरीकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरू निरन्तर लागिरहेका छौँ ।” उहाँले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताउनुभयो । विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उहाँको भनाइ छ ।
प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्ध रहनुभएका किसान अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताउनुभयो । उहाँका अनुसार यो सँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६/१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ ।
उहाँले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्ग्यानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्ग्यानिक बजारमा बिक्री गरिने बताउनुभयो । विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्ग्यानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्रमाणित हुने जनाइएको छ । हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका गाजरलगायतका वस्तु अर्ग्यानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक बजार बढेको छ सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ ।”
प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “बिगौँ जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाक्ने गरी झार आएको छ । प्राङ्गारिक पद्धतिमा विषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो ।” गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रूपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरूको रहेको उहाँको तर्क छ ।
त्यसै गरी किसान पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताउनुभयो । उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उहाँको भनाइ छ । गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजी यन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइटबिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उहाँको भनाइ छ । मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उहाँले बताउनुभयो ।
 
पश्चिम चितवन गाजर खेतीको ‘हब’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    