एलोन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा भित्राए

हाल ट्विटरका एक मात्र निर्देशक र सीईओ एलोन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्तियार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् जस मध्य प्रायः अटो पाइलट टोलीका रहेका छन् । दुई जना बोरिङ कम्पनीका र एक जना न्युरालिङ्कका छन् ।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।


मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटो पाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरी लगायत छन् ।

पदभार ग्रहण गरेको केही समय पछि, ट्विटरको “चीफ ट्विट“ मस्कले कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । उनले  कम्पनीको निर्देशक बोर्ड पनि भङ्ग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x