सुनको मूल्यमा पुन प्रतितोला नौं सय रुपैयाँको गिरावट, चाँदी तोलाको कति ?

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला नौं सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार एक सय ५० रुपैयाँ तोकिएको छ ।

बिहिबार फागुन २० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । बिहिबार फागुन २० गतेका दिन नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x