कामना सेवा विकास बैङ्कको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू।कामना सेवा विकास बैङ्कको नाफा १२.१८ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले २० कराेड १ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले १७ करोड ५७ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्कले ४३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८६ करोड ९३ लाख रुपैयाँ र संचित मुनाफा ५० कराेड ५० लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.९ प्रतिशतले बढेर ४५ करोड ७५ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी ३८ करोड १५ लाख रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ६३ लाख रुपैयाँ रहेको छ।

बैंककाे निष्कृय कर्जा अनुपात १.७९ प्रतिशत र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा र पछिल्लाे काराेबार मूल्य रू ७२९ काे आधारमा मूल्य आम्दानी अनुपात २७.५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x