उपदान तथा पेन्सन कोषमा रहेको रकम निक्षेपको रूपमा लगानी गर्दै राष्ट्र बैङ्क


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम उक्त बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने जानकारी दिएको छ।

राष्ट्र बैङ्कले 'क' वर्गका वाणिज्य बैङ्कमा १ अर्ब ४० करोड रुपैंया, 'ख' वर्गका विकास बैङ्कमा २६ करोड २५ लाख रुपैंया र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त संस्थाहरूमा ८ करोड ७५ लाख रुपैंया गरी कुल १ अर्ब ७५ करोड रुपैंया मिति २०७८/१०/०३ गतेका दिन देखि २०७९/१०/०३ गतेसम्म ३६६ दिन(१ वर्ष ) को अवधिका लागि लगान गर्न लागेको जानकारी दिएको छ।

केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गर्दै उक्त बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले यदि लिन चाहेमा उल्लेखित सर्तहरू पुरा गरी आवश्यक रहेको रकम तथा उक्त रकम लिनका लागि संस्थाले प्रस्ताव गरेको ब्याजदर तोकेको फारम भरि मिति २०७८ पुस २० गते ४ बजे भित्र [email protected] मा प्राप्त हुने गरी प्रस्ताव पेस गर्न आव्हान गरेको छ।

उक्त रकम लिन चाहेमा इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले देहाय बमोजिमका सर्तहरू पूरा गर्नु पर्ने राष्ट्र बैङ्कले सूचनामा उल्लेख गरेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x