ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ कराेड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १० कराेड ७३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१७ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेष्डाे समृद्ध लघुवित्तले ४ अर्ब २१ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेष्डाे समृद्ध लघुवित्तले ३३ करोड ३४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५४ करोड ०३ लाख रुपैयाँ रहेको छ।
नेष्डाे समृद्ध लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९ प्रतिशतले घटेर १८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ६.०९ प्रतिशत छ ।