नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले वीरगन्ज बाइपास रोडमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन इ।मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको सङ्ख्या ११ पुगेको छ।
नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीका रूपमा आएको इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनसहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ७० लिटर फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्मको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्।
मलेसियामा आयोजित प्रतिष्ठित अवार्डमा इ.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’को उपाधिसमेत जितेको कम्पनीले जनाएको छ।
वीरगन्जमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अटो पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले इ.मास ५ आधुनिक प्रविधि, सुरक्षा, उपयोगिता र मूल्यका हिसाबले नेपाली ग्राहकका लागि आकर्षक हुने बताउनुभयाे।
इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। वीरगन्जमा यसको विशेष सुरुवाती मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख तोकिएको छ। ग्राहकले नयाँ सोरुममा इ।मास ५ तथा इ.मास ७ को अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्।
जगदम्बा मोटर्सले दशैंअघि बिर्तामोडमा नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको सङ्ख्या १२ पुग्नेछ।
वीरगन्जमा प्रोटोन इ.मास ५ सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
