
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधवार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै ५ हजार ८७० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला २९०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
