स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार ८३९ नमुना मध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ पुगेको छ भने संस्थागत आइसोलेसनमा ९ जना, आइसियुमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।