
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर २६८३ दशमलव १५ को विन्दुमा कायम भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । एचएलआई लार्ज क्याप फण्डका शेयरधनीहरुले ९.९५ प्रतिशत, मेगा म्युचुअल फण्ड १ का शेयरधनीहरुले ५.७९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.१५ प्रतिशत र रावा इनर्जि डेभलपमेन्ट लिमिटेडका शेयरधनीहरुले ४.८७ प्रतिशतका दरले कमाएका छन् ।
यता, सान्भि इनर्जी लिमिटेडका लगानीकर्ताहरूले ४.६३ प्रतिशतले गुमाउँदा पियोर इनर्जी लिमिटेड ४.५९ प्रतिशत, शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड ४.०५ प्रतिशत, हिमालय उर्जा विकास कम्पनी लिमिटेड ४.०४ प्रतिशत र प्रभु सेलेक्ट फण्ड ३.७० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
